हेलो सरकारको प्रभाब बढ्दो

२०७० फाल्गुन २७ गते, मंगलवार


काठमाडौँ, २७ फागुन । जनताको गुनासो प्रत्यक्ष रूपमा निरूपण गर्नका लागि स्थापित ‘हेलो सरकार’मा गत माघ महिनामा ६४० गुनासो प्राप्त भएकामा ४५८ को समाधान गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाका अनुसार प्राप्त गुनासोमध्ये ५३ गुनासो ‘हेलो सरकार’ले आफैँ समाधान गरेको छ । यस्तै अन्य गुनासोमध्ये ५५ गुनासो उच्च प्राथमिकतामा, ४०० प्राथमिकतामा र १३२ साधारणमा वर्गीकृत भई समाधानका लागि विभिन्न निकायमा पठाइएको छ ।
माघमा प्राप्त गुनासोमा बस समितिको झगडामा वार्ता गराई अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पठाइएको, सरकारी परिचयपत्र दिलाइएको, तालिकाअनुसार विद्युत्भार कटौतीको अवधिपछि पनि बत्ती काटिएकामा तत्काल त्यसको समाधान गरिएको छ । यस्तै नापी कार्यालयवाट सेवा प्रवाह गराइएको, चितवनको गड्यौलीमा बत्ती बाल्न लगाइएको, निजामती अस्पतालमा डाक्टरलाई सेवामा उपलब्ध गराइएको, वैदेशिक रोजगारीमा बिरामी भएकालाई उद्धार गरिएको, बिग्रिएको टेलिफोन मर्मत गराइएको जस्ता उपलब्धि प्राप्त भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु