कांग्रेस–एमाले मुलुकलाई संघीयतामा जानबाट रोक्ने खेलमा :किरण

२०७० फाल्गुन २७ गते, मंगलवार


काठमाडौं, २७फाल्गुन । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले स्थानीय निकायको चुनावको बहानामा कांग्रेस–एमाले मुलुकलाई संघीयतामा जानबाट रोक्ने खेलमा लागेको बताएका छन् । अहिल्यै स्थानीय निकायको चुनाव भएमा ३–४ वर्ष खेर जाने भन्दै उनले स्थानीय निकायको निर्वाचन आवश्यक नभएको बताए ।नेपाल यातयात मञ्चको भेलालाई आज राजधानीमा सम्बोधन गर्दै किरणले जनताको नयाँ संविधानका लागि आफूहरुले फेरि पनि क्रान्तिमै जोड दिने बताए ।
माओवादीलाई कमजोर बनाउनका लागि कांग्रेस–एमालेले युद्धकालका घटना बल्झाएर आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको भन्दै किरणले आपत्ति जनाए ।भेलामा सहभागी यातायात मञ्चमा सम्बद्ध पदाधिकारीहरुले राजनीतिको नाममा हुने गरेका बन्द, हड्ताल र चक्काजाम जस्ता कार्यक्रम नगरी आफूहरुलाई निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाइदिन सरोकारवालाहरुसँग माग गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु