महंगी बिरुद्ध विद्यार्थी ,चैत ५ गते नेपाल बन्द

२०७० चैत्र १ गते, शनिबार


काठमाडौं,१ चैत। १६ विद्यार्थी संगठनले सरकारको मुल्य बृद्धी बिरुद्ध संयुक्त रुपमा आन्दोलनमा उत्रने सहमति गरेका छन् । एमाओवादीनिकट अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय,बागबजारमा आज बसेको १६ विद्यार्थी संगठनको संयुक्त बैठकले मुल्य बृद्धीको निर्णय फिर्ता नभएसम्म सडक संघर्ष जारी राख्ने निर्णय गरेको हो ।
बैठकपछि १६ दलबीच भएको आन्दोलनका कार्यक्रमबारे जानकारी दिँदै एमाओवादी समर्थित अखिल क्रान्तिकारीका उपाध्यक्ष रमेश मल्लले जनताको ढाड सेक्ने गरी भएको पेट्रोलिय पदार्थको मुल्य बृद्धीबिरुद्ध १६ विद्यथार्थी संगठनले मिलेर आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी दिए । मल्लका अनुसार आजको बैठकले चैत ५ गते सम्मका लागि सडक संघर्षका कार्यक्रमहरु तय गरेको छ ।आज तय गरिएको सडक संघर्षका कार्यक्रम अन्तर्गत आजैबाट सडक प्रदर्शन सुरु भएको छ भने भोली प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम बनाइएको छ । चैत ३ र ४ गते राजधानीका क्याम्पस अगाडि चक्काजाम गर्नु का साथै सरकारी गाडी चल्न नदिने कार्यक्रम पनि संगठन तय गरेको छ । चैत ५ गते भने नेपाल बन्दको कार्यक्रम रहेको मल्लले जानकारी दिए ।
क्रान्तिकारीका उपाध्यक्ष मल्लले यि संघर्षका कार्यक्रमहरुबाट पनि सरकारले आफ्नो निर्णय नसच्चाए थप विरोध कार्यक्रम ल्याएर सरकारको जनविरोधी कार्यकार्यकाविरुद्ध लडिरहने जानकारी दिए । उनले सम्भावित प्रहरी हस्तक्षेपको पनि परवाह नगरी अघि बढ्ने जानकारी दिँदै त्यसो भएमा त्यो झनै विष्पोटक हुने चेतावनी दिए । ‘हामीले निर्णय नसच्चिय सम्म सडकबाट पछि नहट्ने निर्णय गरेका छौं,’मल्लले भने,‘ प्रहरी धरपकड गरेर दवाउन खोजे त्यो झन विष्पोटक हुन्छ ।’उनले आफ्नै विद्यार्थी संगठनले गरेको आन्दोलन भनेर कम नआक्न पनि सरकारलाई सुझाए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु