माओवादीको कैलाली जिल्ला सम्मेलन सम्पन्न
काठमाडौँ । नेकपा-माओवादीको चौथो कैलालीको जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिवार देखि कैलालीको बलियामा शुरु भएको सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनले ६५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । तेस्रो जिल्ला सम्मेलनको २२ वर्षपछि नेकपा-माओवादीले कैलालीमा चौथो जिल्ला सम्मेलनबाट नेतृत्व चयन गरेको छ । सोमबार सम्पन्न भएको जिल्ला सम्मेलनमा करिब सात सय जना प्रतिनिधी सहभागी भएका थिए । सम्मेलनले जिल्ला सचिवमा नेपबहादुर चौधरी-सिंहराज, सह-सचिबमा खेम बम-प्रसन्न र कृष्ण बडुवाल-महेश र सदस्यहरुमा फिरुलाल चौधरी-रणभुमी, शेरबहादुर देउवा-शिखर, गणेश ढकाल, टिवी, बिहानी, सुयोग चौधरी-लक्ष्मण, निर्माण, अनुकुल, महान चौधरी, प्रदेशी, करबीर, रामबहादुर केसी-डायमण्ड, आमूल, खड्क शाही, मिनराज गिरी, रक्तिम बस्नेत, क्षितिज थापा, रविन्द्र चौधरी, टिवी लामिछाने, नरेश सिंह, सागर, बिरु तिरुवा, कैलाश आउजी, फूलबसिया चौधरी, कालीमैँया चौधरी-उन्नती, भागीरथी पनेरु, दलबहादुर बिक, सुर्यचन्द्र भट्टर्राई, विनोद विष्ट, बिमल धामी, बिमल खड्का, प्रतिरोध चौधरी, विचार, पदम गिरी, देवीराम कोईराला, धुब्र संज्याल, प्रकाश रावल, प्रकाश देवकोटा, राजबहादुर, किरण, समुन्द्र, धर्ती, पवित्र, छविलाल ओली, राजेन्द्र भट्टर्राई, रक्तिम बोहरा, कुलराज ज्ञवाली, अकेला थारु सहित ५२ सदस्यीय जिल्ला समिति नेकपा-माओवादीलले सम्मेलनबाट छनौट गरेको छ भने बाँकी १३ सदस्य अन्य पार्टिबाट व्रि्रोह गरेर आउने कार्यकर्ताको लागि सुरक्षित गरिएको जानकारी केन्द्रीय सदस्य हेमराज भट्टर्राई-श्रवणले दिए । यसअघि नेकपा-माओवादीले आफ्ना राज्य समिति सदस्य रहेको कमिटी विघठन गरेको छ भने जिल्ला कमिटीमा राज्य कमिटीका सदस्यलाई छनौट गरेको छ । नेकपा-माओवादीको सम्मेलनभन्दा पहिले कैलाली जिल्लामा १३८ जना राज्य समिति सदस्य, २५१ जना जिल्ला समिति सदस्य, एरिया समिति सदस्य र साधारण सदस्य गरि तीन हजार आठ सय पार्टि सदस्य रहेका थिए । नेकपा-माओवादीको चौथो जिल्ला सम्मेलनले ८३ प्रतिशत जिल्ला समिति सदस्यको संख्या घटाएर नयाँ नेतृत्व चयन गरेको हो । सम्मेलनमा ३२ जना बोल्ने प्रतिनिधीले नेतृत्व छनौट गर्दा वैज्ञानिक खालको मापदण्ड नअपनाएको भन्दै नेतृत्व छनौटप्रति असन्तुष्टी जनाएका थिए । पर्ूव राज्य समिति सदस्यहरुबाट ५० जना र जिल्ला कमिटी सदस्यबाट उन्नती चौधरी र फूलबसिया चौधरीलाई लिएर ५२ सदस्यीय जिल्ला समितिको चयन गरेको थियो । नेकपा-माओवादीले जनयुद्धको शैलीमा देशैभरी संयुक्त गाउँ जनसमिति र जिल्ला जनसमिति गठन गर्ने जानकारी केन्द्रीय सदस्य भट्टर्राईले दिए । त्यस्तै चैत्र १९ र २० गते बस्ने नेकपा-माओवादी कैलाली जिल्लाको पूर्ण बैठकले संयुक्त जिल्ला जनसमिति गठन गर्ने, अनुशासन आयोग गठन गर्ने र जिल्ला सल्लाहकार समिति गठन गर्ने केन्द्रीय सदस्य भट्टर्रार्इर्र्े जानकारी दिए । पार्टिको संगठन ठूलो भएकोले बैठक बसाउन समस्या भएको र पार्टिका योजना तुरुन्त र्सार्वजनिक हुन थालेकोले संगठन सुदृढिकरणको सिलसिलामा जिल्ला कमिटी घटाएको नेता भट्टर्राईले बताए । हाल नेकपा-माओवादीले कैलाली जिल्लालाई १९ ओटा एरियामा विभाजन गरेको छ भने एरिया सचिब एरिया भेलाबाट चयन गरेको छ । एरियार् इन्चार्ज, जिल्ला कमिटी र जिल्ला इन्चार्ज नेकपा-माओवादीको केन्द्रीय समितिले छान्ने छ ।
दोस्रो संविधान सभा निर्वाचनमा बहिष्कारको नीति लिएको नेकपा-माओवादीले सफल हुन नसकेपछि समानान्तर सरकार गठन गरि अघि बढ्ने मनस्थितीमा देखिएको छ । जिल्ला सम्मेलनका प्रमुख अतिथि नेकपा-माओवादीका केन्द्रीय सचिब नेत्रविक्रम चन्द-विप्लवले पार्टि सत्ताबाट बाहिर रहेकोले संयुक्त गाउँ जनसमिति गठन गर्न र गाउँ विकास समितिका सचिबलाई आफ्नो मातहतमा राखेर काम गराउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।प्रशिक्षण कार्यक्रममा बोल्ने क्रममा नेता विप्लवले एनेकपा माओवादीसँग पार्टि एकताको सम्भावना भएपनि तत्काल पार्टि एकता नहुने तर कार्यगत एकता गरेर अगाडी बढ्न दुबै पार्टि सहमत रहेको नेता विप्लवले बताए ।