सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठन हुने

२०७० चैत्र ११ गते, मंगलवार


काठमाडौं,११ चैत्र । व्यवस्थापिका संसदको आजको बैठकमा कानुनमन्त्री नरहरि आचार्यले सरकारले १५ दिनभित्र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन सम्बन्धी विधेयक संसदमा पेश गर्ने प्रतिबद्धता जनाएका छन् । व्यवस्थापिका संसदको आजको बैठकमा कानुनमन्त्री आचार्यले सर्वोच्च अदालतको आदेश र दलहरुबीच भएको सहमति अनुसार विधेयक ल्याउने बताए ।
यसअघि संसदमा बोल्दै एकीकृत माओवादीका सभासद अग्नि सापकोटाले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठनका लागि तत्काल विधेयक ल्याउन माग गरेका थिए ।संसद बैठकमै बोल्दै कांग्रेस सभासद रामकृष्ण यादवले धनुषाको यदुकुवामा एसएलसी परीक्षाका क्रममा आज भएको झडपको छानबिन गर्न माग गरे ।उनले विद्यार्थीमाथि गोली चलाउने प्रहरीलाई कारबाही गर्न र घाइते विद्यार्थीको उपचारको व्यवस्था गर्न समेत माग गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु