कमिखन खोरहरु सरकारलाई हतियार किन्न उक्साउदैछन् : विप्लव

२०७० चैत्र १२ गते, बुधबार


काठमाडौं,१२ चैत । नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले नेपाललाई अहिले हतियार आवश्यक नभएको बताएका छन् । नेकपा–माओवादी सल्यानको चौथो जिल्ला सम्मेलनमा वोल्दै नेता विप्लवले सरकार अहिले हतियार खरिद गरेर कमिसन खाने चक्करमा लागेको दावी गरे । ‘काँग्रेसको पछाडि कमिसन खोर, घुसखोरी र दलालहरुको ताँती छ नेता विप्लवले भने अहिले तिनै कमिखन खोरहरु सरकारलाई हतियार किन्न उक्साउदैछन् ।
सरकार दिनदिनै भारतियहरुले नेपाली माथि अत्याचार गर्दा समेत वोल्न सक्दैन विप्लवले प्रतिप्रशन गरे अरवौँ अरवको हतियार अहिले सेनालाई किन चाहियो ? देश परिवर्तनका लागी हतियार आवश्यक नपर्ने भन्दै उनले हतियार भन्दा जनताको एजेन्डा ठुलो हुने बताए । एसएलआर भन्दा किसान र जनताको शक्ति बलियो हुन्छ, उनले भने हामीलाई हतियार सहितको युद्ध लड्न मन छैन । तर किसान र जनताका ऐजेन्डा कुल्चिएर अत्यारचार भए युद्ध लड्न पछि नपर्ने उनले बताए । दुई माओवादी विचको एकता प्रसंगमा विप्लवले दुई माओवादी विचको एकता आवश्यक रहेको बताए । प्रचण्डले संकटको वेला मात्र एकताको कुरा गर्ने गरेको उनले बताए । एउटा वैठक गरेर एकता हुनेवाला छैन चन्दले भने काँग्रेस र एमालेलाई तर्साउन मात्र प्रचण्डले एकताको कुरा गरेको हो भने एकता कसरी हुन्छ ? दुई माओवादी मात्र हैन पुरै कम्युनिष्ट एकताको खाँचो अहिले देशलाई छ, विप्लवले भने ।
अहिले देशमा मुख्य लडाँई काँग्रेस र कम्युनिष्टको रहेको भन्दै विप्लवले काँगे्रसले माओवादीलाई पाखा लगाउन चाहेको दावी गरे । काँग्रेस पछिल्लो पटक सहमतिबाट पछि हटेको भन्दै उनले काँगे्रसले चाहेमा नेपालमा शान्ति सम्भव रहेको बताए । कार्यक्रमलाई माओवादी पोलिटव्युरो सदस्य कुलप्रसाद केसी सोनाम, केन्द्रिय सदस्य सन्तोष बुढा मगर लगायतले सम्वोधन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु