प्रचण्डलाई पुत्री शोक

२०७० चैत्र १३ गते, बिहीबार


काठमाडौं, १३ चैत। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालकी छोरी ज्ञानु दाहाल(केसी)को मृत्यु भएको छ। लामो समयदेखि क्यान्सरले पीडित दाहालको आज ओम अस्पतालमा निधन भएको छ । प्रचण्डका सहयोगी शिव खकुरेलका अनुसार प्रचण्ड अहिले अस्पताल पुगेका छन्। उनको शव पशुपति आर्यघाट लगिएको छ।
करिब ८ वर्षदेखि स्तन क्यान्सरबाट पीडित ज्ञानुको ओम अस्पताल चावहिलमा उपचार भइरहेको थियो। यसअघि दिल्लीको फोर्टिज अस्पतालमा उनको उपचार गराइएको थियो। ज्ञानुलाई गत साता काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु