जिफन्टको महाधिवेशन सुरु हुदै
काठमाडौ, – नेकपा एमालेको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को छैटौं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रममा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघकी महासचिव सरान बरोले ब्रसेल्सबाट टेलिकन्फरेन्समार्फत प्रत्यक्ष सम्बोधन गर्ने जिफन्टले जनाएको छ । जिफन्टको वेबसाइटबाट महाधिवेशनको प्रत्यक्ष प्रसारण हुने पनि जिफन्टले जनाएको छ । जिफन्टमा आबद्ध २७ टे«ड युनियनका ६ सय प्रतिनिधिको सहभागिता हुने बताइएको छ ।