प्रधान न्यायधीशमा शर्मा सिफारिस
काठमाडौ, १७ चैत ।संबैधानिक अंगका प्रमुखको नियुक्तिबारे छलफल गर्न आज विहान बसेको संवैधानिक परिषदको बैठकले कायम मुकायम प्रधान न्यायधीश दामोदरप्रसाद शर्मालाई प्रधान न्यायधीशका लागि सिफारिस गरेको छ । परिषद्ले सिफारिस गरेर संसदीय सुुनुवाई भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने कानुनी प्रावधान रहेको छ ।
प्रधानन्यायधीश खिलराज रेग्मी गत वर्षको चैतमा मन्त्रीपरिषदको अध्यक्ष भएपछि यो पद खाली थियो । सर्वोच्च अदालतका बरिष्ठ न्यायधीशलाई प्रधान न्यायधीश बनाउने प्राबधान रहिआएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भएको बैठकमा सोमबार भने अरु विषयमा छलफल भएन । सर्वोच्च अदालत न्यायाधीश बिहीन हुन थालेपछि परिषद्ले पहिलो प्राथमिकतामा न्यायाधीश नियुक्तीलाई दिएको छ ।