पत्रकार महासंघको अधिवेशन आगामी वैशाख २० र २१ गते
काठमाडौं ,१८ चैत । नेपाल पत्रकार महासंघको २४ औँ अधिवेशन विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ अर्थात आगामी वैशाख २० र २१ गते काठमाडौंमा गर्ने निर्णय भएको छ । सिन्धुपाल्चोकको गाती गाविसस्थित भोटेकोसी नदी किनारमा अवस्थित बोर्डल्यान्ड रिसोर्टमा दुई दिनसम्म बसेको महासंघ केन्द्रीय समितिको बैठकले अधिवेशनको मिति तय गरेको छ । बैठकमा अधिकांश केन्द्रीय पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो । रासस