कम्युनिष्ट पार्टी असफल भए: बादल

२०७० चैत्र १९ गते, बुधबार


काठमाडौं । नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले नेपालका सबै कम्युनिष्टहरु पार्टीहरुको कार्यनीति असफल भएको स्वीकार गरेका छन् ।कम्युनिष्टहरु पार्टीहरुको दुई तिहाई बहुमत हुँदा पनि पश्चगामीको हातमा नेतृत्व गएको भन्दै कम्युनिष्टहरुको कार्यनीति असफलता भएको उनको भनाइ छ ।
काठमाडौंमा संवाद डबलीमा आयोजित साक्षात्कार कार्यक्रममा महासचिव बादलले माओवादीमा आएको फुटको कारणले पनि कम्युनिष्ट असफल भएको बताएका हुन् ।‘जनतामा निराशा छाउनु र पुरानै परम्परा दोहोरिनुका पछाडि वामपन्थी शक्ति र माओवादीहरुमा आएको फुट नै मुख्य कारण हो’ उनले भने ।
देश फेरि पश्चगमनतर्फ धकेलिएकोले निकास दिनका लागि अग्रगामी र क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध रुपमा अगाडि लैजान जरुरी रहेको महासचिव बादलको भनाइ छ ।आधारभूत प्रश्नहरुमा भिन्नता आएको कारणले नै दुई वटा माओवादी बनेको स्पष्ट पार्दै पार्टी एकताको निम्ति कार्यदिशामा एकरुपता ल्याउन आवश्यक रहेको बताए ।
बादलले अहिलेकै स्थानीय निकायको संरचनामा हुने निर्वाचनले समस्याको समाधान नगर्ने भन्दै यथास्थितिमा निर्वाचनको चर्चा गरिनु संघीयतामा नजाने खेल भएको बताए ।
द्वन्द्वकालीन मुद्दा र स्थानीय निकायको निर्वाचन दुवै माओवादीको सरोकारको विषय भएकाले २ बुँदे सहमतिमार्फत एक भएर जाने सहमति भएको स्पष्ट पारे ।
जनयुद्धकालीन मुद्दाहरुको समाधान कानुनी ढंगबाट हुन नसक्ने बताउदै महासचिव बादलले यस्ता क्रियाकलाप विस्तृत शान्ति सम्झौता विपरीत भएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु