नेमकिपाको महाधिवेशनको बन्दसत्र सुरु हुँदै

२०७० चैत्र २२ गते, शनिबार

काठमाडौ, २२ चैत । नेपाल मजदुर किसान पार्टीको छैटौं राष्ट्रिय महाधिवेशन जारी छ ।महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदैछ । बन्दसत्र भक्तपुरको बोडेमा रहेको कृषि विकास बैङ्कको तालिम केन्द्रमा हुने नेता लिला न्याइँच्याइँले जानकारी दिए । बन्दसत्रमा विभिन्न जिल्लाका प्रतिवेदन र जनवर्गीय सङ्गठनहरूको प्रतिवेदनमाथि छलफल भएपछि पार्टीको केन्द्रीय प्रतिवेदन प्रस्तुत गरिने उनले बताए ।
महाधिवेशनले पार्टीको विधान संशोधनका साथै पार्टीको नयाँ नीति तथा कार्यक्रमसमेत तय गर्ने भएको छ । महाधिवेशनमा ५० भन्दा बढी जिल्लाबाट साढे तीन सय प्रतिनिधिहरू सहभागी रहेको नेमकिपाले जनाएको छ । महाधिवेशनको हिजो राजधानीको खुल्लामञ्चमा अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु