नेमकिपामा नयाँ नेतृत्व चयन हुदै
काठमाडौ, २३ चैत । नेपाल मजदुर किसान पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनमा आजदेखि पार्टी नेतृत्वका विषयमा छलफल हुने भएको छ ।भक्तपुरमा जारी बन्द सत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि छलफल सकिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने नेताहरुले बताएका छन् ।
महाधिवेशनले पार्टीको विधान संशोधनका साथै पार्टीको नयाँ नीति तथा कार्यक्रमसमेत तय गर्ने भएको छ । महाधिवेशनमा ५० भन्दा बढी जिल्लाबाट साढे तीन सय प्रतिनिधिहरू सहभागी रहेको नेमकिपाले जनाएको छ ।