क्रिकेट खेलाडी र क्यानबीच वार्ता हुदै

२०७१ बैशाख २ गते, मंगलवार


काठमाडौ, २ बैशाख । राष्ट्रिय क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ क्यान बीच आज वार्ता हुँदैछ ।आज हुने वार्तामा क्रिकेट खेलाडीबीच देखिएको समस्याका विषयमा छलफल हुनेछ । क्यानको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली राष्ट्रिय टिमका सबै १६ सदस्यले गत बिहीबार पत्रकार सम्मेलन गरेर एक दिवसीय खेल नखेल्ने घोषणा गरेका थिए ।क्यानले वार्ताका लागि उपाध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा तीन सदस्य रहेको वार्ता समिति गठन गरिसकेको छ ।तर खेलाडीहरुले भने क्यानसँग मात्र वार्ता नगर्ने बताएका छन् । उनीहरुले खेलकुद मन्त्रालयका प्रतिनिधि पनि वार्तामा सहभागी हुनुपर्ने माग राखेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु