द्वन्द्वकालीन मुद्दा ब्युँताउनु हुँदैन : सुजाता
काठमाडौ, ३ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय सदस्य सुजाता कोइरालाले द्वन्द्वकालीन मुद्दा ब्यूँताउन नहुने बताएकी छन् ।कांग्रेस निकट कर्मचारी युनियनको सम्मेलन उदघाटनका लागि सुनसरी जाने क्रममा बुधबार बिहान बिराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोइरालाले सबैले मेलमिलापको बाटोमा अघि बढ्नुपर्ने बताइन् ।
‘द्वन्द्वकालमा हामी सबैबाट केही न केही गल्ती भएको छ, अब त्यसलाई कोट्याउनु हुँदैन,’ कोइरालाले भनिन्- ‘अब सबैले मेलमिलापको बाटोबाट अघि बढ्नुपर्छ र संविधान निर्माण गरी देश विकासमा लाग्नुपर्छ ।’
आफ्ना पिता गिरिजाप्रसाद कोइरालाले यही मेलमिलाप र शान्तिका लागि माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको स्मरण गराउँदै उनले द्वन्द्वकालीन मुद्दालाई ब्यूँताएर कसैलाई फाइदा नहुने बताइन् ।