एमाले स्थायी कमिटिको बैठक बस्दै
काठमाडौं,८ बैशाख । नेकपा एमालेको स्थायी कमिटिको बैठक आज बस्दै छ ।आसन्न नवौ महाधिवेशनको बिषयमा छलफल गर्न पार्टी कार्यालय मदन नगर बल्खुमा दिउँसो बस्ने बैठकमा महाधिवेशमा पेस गर्ने दस्तावेजको बिषयमा छलफल हुने एमाललेले जनाएको छ ।महाधिवेशनमा प्रस्तुत पेश हुने दस्तावेजमा बिबाद भएपछि दस्तावेजले अन्तिम रुप पाएको छैन ।दस्तावेज तयार गर्ने जिम्मा अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेललाई दिईएको छ ।