न्यायापरिषदको बैठक बस्दै
काठमाडौ, ८ बैशाख । न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न न्यायापरिषदको बैठक आज बस्दैछ । सर्वोच्च अदालत पाँच जना न्यायाधीश मात्र बाकी भएपछि न्यायापरिषदले नियुक्तिको पहल जारी राखेको छ ।
सर्वोच्चबाट केही दिन अघि अवकास पाएका अस्थायी न्यायाधीश र अरु नयाँ व्यक्तिको सिफारिसका लागि न्यायापरिषदले छलफल जारी राखेको हो । आजको बैठकबाट आएका नामहरुलाई मापदण्डमा राखेर छनौट गर्ने बताइएको छ । हिजो कानुनमन्त्री नरहरि आचार्यको समय व्यवस्था नभएकाले आजका लागि बैठक सारिएको हो ।न्यायापरिषदका प्रवक्ता खेमनाराया ढुंगानाले आजको बैठकबाट केही निर्णय हुनसक्ने बताउनुभयो । सर्वोच्च अदालतमा अहिले पाँच जना मात्रै स्थायी न्यायाधीश छन् । अन्तरिम संविधानको धारा १०२ को खण्ड २ मा सर्वाेच्च अदालतमा प्रधानन्यायाधीशका अतिरित्त बढीमा १४ जनासम्म न्यायाधीश रहने उल्लेख छ । हाल सर्वोच्चमा १० स्थायी न्यायाधीशको दरबन्दी रित्त छ ।