बलात्कार विरुद्धको राष्ट्रिय अभियान सुरुहुदै

२०७१ बैशाख १२ गते, शुक्रबार


काठमाडौं १२ वैशाख । मुलुकमा बढिरहेको बलात्कारका घटनामा कमी ल्याउने र यससम्बन्धी कडा कानुन बनाएर बलात्कारीलाई कारबाही गराउने उद्देश्यले आजदेखि बलात्कार विरुद्धको राष्ट्रिय अभियानको सुरु गरिदैछ । अभियानका लागि देशभरीका महिला रक्षकहरु काठमाडौमा भेला भएका छन् ।बढ्दो यौन हिंसा र न्यायको पहुँचमा रहेको असहजता विषयक राष्ट्रिय बहस कार्यक्रम शुरु हुँदैछ । महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, ओरेक नेपाल, राष्ट्रिय महिला आयोग र बलात्कारविरुद्ध राष्ट्रिय अभियानको संयुक्त आयोजनामा राष्ट्रिय बहस कार्यक्रम हुन लागेको हो । कार्यक्रममा पचहत्तरै जिल्लाबाटै सहभागीहरु आउने आयोजकको भनाइ छ । ३ दिनसम्म चल्ने कार्यक्रमको पहिलो दिन उद्घाटनसँगै विभिन्न समूहमा समूहगत छलफल हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु