न्यायाधीश सिफारिसबारे औपचारिक धारणा बनाउन बारको बैठक बस्दै

२०७१ बैशाख १५ गते, सोमबार


काठमाडौं, १५ वैशाख ।न्यायपरिषदद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका नामबारे आपत्ति जनाउँदै आएको नेपाल बार एसोसिएसनले आज त्यसबारे औपचारिक धारणाा सार्वजनिक गर्दैछ ।त्यसका लागि बिहान बारको बैठक बस्दैछ । गएराति अबेरसम्म बसेको बैठकले ठोस निष्कर्ष दिन नसकेपछि आज पुन: बैठक बस्न लागेको हो । बार पदाधिकारीले हिजो न्यायाधीश सिफारिस सम्बन्धमा धारणा बुझ्न केन्द्रीय सल्लाहकार समितिसँग समेत छलफल गरेको थियो ।
समितिले सिफारिस त्रुटिपूर्ण भन्दै त्यसलाई सच्याउनुपर्ने निष्कर्ष निकालेको थियो । समितिले निर्णय उल्ट्याउन संसदीय सुनुवाई विशेष समितिलाई दबाब दिन तथा निर्णय प्रक्रियामा सहभागी बारका दुई सदस्यलाई फिर्ता बोलाउन कार्यसमितिलाई सुझाव दिएको थियो ।
बारका तर्फबाट उपेन्द्रकेशरी न्यौपाने र खेमनारायण ढुंगाना परिषद् सदस्य छन् । न्यायपरिषद्ले मंगलबार आठ न्यायाधीशको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएकामध्ये वैद्यनाथ उपाध्याय र ओमप्रकाश मिश्रबाहेक अन्य ६ जना विवादित पुष्ठभूमिका छन् ।खराब आचरण भएकालई न्यायाधीश सिफारिस गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु