शान्ति र संबिधान निर्माणका चुनौती बिषयक बहस सम्पन्न
काठमाडौं, १५ वैशाख ।मिडिया मण्डलाको आयोजनामा मण्डलाको कार्यालय तिनकुने काठमाडौँमा शान्ति र संविधानका चुनौती बिषयक ताजा बहस कार्यक्रम सम्पन्न भएको छ . सो बहस कार्यक्रममा नेकपा एमाले नेता भिम रावल ,एनेकपा माओबादी नेता टोप बहादुर रायमाझी , माओबादीका नेता सुरेश आले मगर ,राष्ट्रिय एकता मंच नेता शोभाराम थापा ,नेपाल गणतान्त्रिक जनता पार्टी नेता युबराज सफल सहभागी भएका थिए ।कार्यक्रममा बोल्दै नेपाल गणतान्त्रिक जनता पार्टी नेता युबराज सफल ले शान्ति र संविधानका चुनौती प्रमुख पार्टी नै भएको आरोप लगाउ ,साथै पुर्ब लडाकु हरुको उचित ब्यबस्थापन नहूदा त्यो शक्ति पनि शान्ति स्थापनाको चुनौती रहेको र विपक्षमा रहेको ३३ दलीय मोर्चाको माग पुरा नगरे त्यो शक्ति पनि चुनौती हुने सफल्को भनाइ थियो ।,त्यस्तै शासकीय स्वरुप र राज्य संघियताको मुद्दा संबिधान निर्माणको चुनौती भएको भन्दै सो कुराको टुंगो नलगाई अगाढी बढ्न नहुनेमा उनको जोड थियो । .त्यस्तै सो बहस कार्यक्रममा बोल्दै राष्ट्रिय एकता मंचका नेता शोभाराम थापाले तीन दल र मधेशी मोर्चाले आफुलाई सबै भन्दा ठुलो ठानेको भन्दै सो प्रवृतिलाई त्याग्न सुझाब दिए ।.उनले ३३ दलीय मोर्चालाई बेवास्ता गरि संबिधान जारी गरेमा त्यसलाई अस्विकार गर्ने चेतावनी दिंदै प्रमुख दल हरुले सबै कुरामा भागबन्डा मात्र गरेको आरोप लगाए । . ३३ दलीय मोर्चालाइ बाहिर राखेर शान्ति र संबिधान निर्माणका काम अगाडी बढ्न नसक्ने कुरामा उनको जोड थियो . ।
बहस कार्यक्रममै ड्यास माओबादी नेता सुरेश आले मगरले वर्तमान संबिधान सभा को बिघटन गरेर गोलमेच सभा को आयोजना नगरे सम्म मुलुकको राजनीतिले निकास नपाउने कुरामा जोड दिंदै तत्काल गोलमेच सभा गर्न जोड दिए ।. त्यस्तै एक अर्को प्रसंगमा सबैले आफ्नो पार्टीलाई पेल्दै गए आफ्नो पार्टी छापामार युद्दमा जान पनि सक्ने चेतावनी दिंदै पार्टीले जनयुद्दको बलमा जान बिद्रोह गर्ने रणनीति लिएको कुरा खुलासा गरे ।
सोहि कार्यक्रममा बोल्दै एनेकपा माओबादी नेता टोप बहादुर रायमाझीले सबै मिलेर अहिलेको संबिधान सभाबाट नै सर्बमान्य संबिधान बनाउन पर्ने कुरामा जोड दिए . ।साथै संबिधान सभा भित्र र बाहिर रहेका सम्पूर्ण शक्तिको साझा सहमतिबाट नै संबिधान जारी गर्नुको बिकल्प नरहेको कुरामा जोड दिए । .
उता नेकपा एमाले नेता भिम रावलले संबिधान सभा बिघटन गर्न नमिल्ने तर्क गर्दै जनताको निर्णयलाई सबैले सम्मान गर्न पर्ने कुरामा जोड दिए । . ठुला पार्टी ले यसो गरे उसो गरे भनि गरेको आलोचनाको प्रतिवाद गर्दै सक्ने भए सानातिना पार्टीलाई पनि जनताको मत ल्याई ठुलो हुन् र सरकार संचालन गर्न उनको चुनौती थियो . ।
शान्ति र संबिधान निर्माणका चुनौती बिषयक ताजा बहस कार्यक्रमको सभापतित्व मिडिया मण्डला का अध्यक्ष भोजराज श्रेष्ठ र सचालन संस्थाका सचिब जे एन घिमिरेले गरेका थिए . ।