माओबादीले मे दिवस मनाउने
काठमाडौ,१७ वैशाख । नेकपा-माओवादीले भोलि मे दिवसको अवसरमा बृहत कार्यक्रम आयोजना गरेको बताइएको छ । माओवादीले भोलि राजधानीको शान्ति बाटिकामा सभा गर्ने भएको छ ।उक्त सभालाई नेकपा-माओबादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, सचिब नेत्रबिक्रम चन्द विप्लब ,पोलिटब्युरो सदस्य खड्गबहादुर बिस्वकर्मा प्रकाण्ड लगायतका नेताले सम्बोधन कार्यक्रम रहेको बताइएको छ ।