आज मजदुर दिवस
काठमाडौ,१८ बैशाख । आज एक सय २५ औं अन्तरराष्ट्रिय मजदुर दिवस हो । आज मे १ का दिन विश्वभरिका मजदुरहरुले यो दिवस मनाउँछन् । नेपालका सबै सरकारी कार्यालयहरु बन्द रहने छन् ।मे दिवसको अवसरमा मजदुरहरुले र्याली निकाल्ने कार्यक्रम छ । साथै देशैभरि विभिन्न मजदुर संगठनहरुले आ-आफ्नो प्रकारले कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् भने माओवादीले आज राजधानीको शान्ति बाटिकामा सभा गर्ने भएको छ ।उक्त सभालाई नेकपा-माओबादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, सचिब नेत्रबिक्रम चन्द विप्लब ,पोलिटब्युरो सदस्य खड्गबहादुर बिस्वकर्मा प्रकाण्ड लगायतका नेताले सम्बोधन कार्यक्रम रहेको बताइएको छ ।
सन् १८८९ मे १ मा अमेरिकाको शिकागो शहरका मजदुरहरुले आन्दोलन गरेर ८ घण्टे कार्यदिन लागू भएपछि यसैको उपलक्ष्यमा सन् १८९० देखि संसारभरिका मजदुरले मे १ को दिनलाई अन्तरराष्ट्रिय मजदुर दिवसका रुपमा मनाउने प्रचलन सुरु भएको हो । शिकागो मजदुर आन्दोलनको उपलब्धीका रुपमा विश्वभरि ८ घण्टा ड्युटीलाई एक दिन मानेर गणना गर्ने प्रचलन रहेको छ ।गत वर्षको तथ्यांकअनुसार नेपालमा निजी एवं सरकारी क्षेत्रमा कार्यरत मजदुर र कर्मचारीको संख्या १ करोड १८ लाखको हाराहारीमा छन् ।