मनोनीत सभासद्को भागबण्डा
काठमाडौं,२३ वैशाख । संविधानसभामा रिक्त रहेका २६ सभासद् मनोनीत गर्न मुख्य सत्ताधारी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच सहमति भएको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुबै दलका शीषर्गा नेताहरुको बैठकमा भागबण्डाको सहमति भएको बताईएको छ ।
सहमति अनुसार कांग्रेसले ९, एमाले ८, एमाओवादी ४, राप्रपा नेपाल १ मधेशी दल २ र साना दलले २ सभासद् पाउने भएका छन् । त्यसैगरी संंसदीय समितिहरुको सभापतिहरु चयनमा पनि दुबै दलबीच सहमति बनेको छ ।
यसैबिच , एमाले अध्यक्ष झलनाथ खनाल चीन भ्रमणबाट फर्किएपछि मात्र सभासद् मनोनीत गर्ने सहमति पनि दुबै दलबीच भएको बताइृएको छ ।अध्यक्ष खनाल आज चीन भ्रमणमा जादै छन् ।