एमाओवादी केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं, २ जेठ। एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आजवाट बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा नेताहरुको कार्यविभाजन तथा अपूर्ण रहेको केन्द्रीय समितिलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ ।विराटनगरमा सम्पन्न भएको महाधिवेशन पछि पहिलो पटक बस्न लागेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको एजेन्डा प्रस्तुत गर्नेछन् । सोही एजेन्डा अनुसार छलफल अघि बढ्ने एमाओवादीले जनाएको छ ।
बैठकमा एमाओवादी नेता बाबुराम भट्टराई भने नजाने भएका छन् । पार्टीको केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका भट्टराईले बैठकमा नजाने बताए पनि बैठकमा सहभागी गराउन पहल जारी रहेकाले अहिलेसम्म टुंगो भएको छैन् ।