आज ताप्लेजुङ वन्द आज ताप्लेजुङ वन्द

२०७१ जेष्ठ ४ गते, आईतवार

काठमाडौं,४ जेठ ।संघीय लिम्वुवान राज्य परिषदले दोस्रो संविधानसभाको निर्वाचनमा पक्राउ परेका आˆना कार्यकर्ता रिहाको माग गदै आज ताप्लेजुङमा बन्द आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि जिल्लाको जनजिवन प्रभावित बनेको छ ।बन्दको कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधान चल्न सकेका छैनन् भने, बजार पसल, कलकारखा, उद्योगधन्दा र विद्यालय क्यम्पस विहानै देखि बन्द रहेका छन् ।
निर्वाचनमा राजनैतिक विरोध जनाउने क्रममा पक्राउ परेका संघीय विद्यार्थी युनियनका ताप्लेजुङ उपाध्यक्ष रक्की थेवे, अन्य कार्यकर्ता सागर पन्धाक, विचिन्द्र मावो, विट्चन आङवुहाङ र धनवहादुर मादेनलाई विना सर्त रिहाको माग गर्दै आज जिल्ला बन्दको आह्वान गरिएको परिषदले जनाएको छ ।
झुटो आरोपमा आफ्ना ५ जना कार्यकर्तालाई ताप्लेजुङको जेलमा बन्दि वनाइएको भन्दै तत्काल रिहा नगरे जेठ ७ गते मेची राजमार्ग वन्द र जेठ ११ गते पुर्वका नौ जिल्ला बन्द गर्ने चेतावनि लिम्बुवानको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु