त्रिविका रेक्टरको गाडीमा आगजनी त्रिविका रेक्टरको गाडीमा आगजनी

२०७१ जेष्ठ ७ गते, बुधबार


काठमाडौं,७ जेठ । अज्ञात समूहले काठमाडौंको अनामनगरमा त्रिभुवन विश्वविद्यालयका रेक्टर गुणनिधि न्यौपाने गाडीमा आगजनी गरेको छ ।स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको विपक्षमा रहेका विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयको रेक्टरको गाडीमा आगजनी गरेका छन् ।संयुक्त विद्यार्थी संगठनका कार्यकर्ताले त्रिविका रेक्टरको गुणनिधि न्यौपाने सवार बा १० च ४३८० नम्बरको गाडी मदन भण्डारी मेमोरियल कलेज नजिकै पेट्रोल छर्किएर जलाएका हुन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।बिहान करिब साढे १० बजेको समयमा मोटरसाइकलमा आएका चार जनाले गाडीमा सवार न्यौपानेलाई ओरालेर आगो लगाएका हुन् । गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
संयुक्त विद्यार्थी संघर्ष समितिमा रहेको एक घटकका अध्यक्षले आफूहरुको सहमतिविपरीत सत्ताधारी दल सम्बद्ध विद्यार्थी संगठनसँगको सहमतिमा त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन घोषणा गरेकाले विरोधस्वरुप आगजनी गरिएको बताए ।त्रिविले आगामी जेठ १८ गतेका लागि निर्वाचन मिति तोकेको छ । काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियुसहित केही संगठन निर्वाचनको पक्षमा छन् ।एकीकृत माओवादी र नेकपा–माओवादी सम्वद्ध अखिल क्रान्तिकारी, मधेस केन्द्रित र जनजाति विद्यार्थी संगठनसहित १८ वटा संगठन निर्वाचनको विरोधमा छन् । निर्वाचन कार्यक्रम भोलिदेखि सुरु हुँदैछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार