एमाओवादी केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं, ८ जेठ – एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा विहान ११ बजे बस्दैछ ।केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गर्नेे एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।बैठकले पदाधिकारी पनि चयन गर्नेछ । बाबुराम भट्टराई पक्षले विराटनगर सम्मेलन छोडेर हिडेपछि संयुक्त रुपमा पहिलो पटक बैठक बस्न लागेको हो ।
आजको बैठकमा जाने र छलफल गर्ने भट्टराई पक्षीय नेता देवेन्द्र पौडेलले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराई पक्षबीच पाँच जनाको केन्द्रीय कार्यालय गठन गर्ने र त्यसमा नेता कृष्णबहादुर महरालाई थप्ने सहमति भैसकेको छ ।
नारायणकाजी श्रेष्ठ प्रकाशलाई उपाध्यक्ष, पोष्टबहादुर बोगटीलाई महासचिव र कृष्ण बहादुर महरालाई सचिव बनाउने सहमति भए अनुसार पद बाँडफाँड हुनेछ । नेता भट्टराईले वरिष्ठ उपाध्यक्ष बन्न अस्वीकार गरेपछि उहाँलाई वरिष्ठ नेता बनाउने तयारी भैरहेको छ र यसबारे बैठकमा छलफल हुने स्रोतले जनाएको छ ।