प्रधानमन्त्री गोलमेच सम्मेलनका लागि सहमत : माओबादी

२०७१ जेष्ठ ९ गते, शुक्रबार


काठमाडौं,९ जेष्ठ । नेकपा–माओवादीले प्रधानमन्त्री सुशील कोइराला सर्वपक्षीय गोलमेच सम्मेलन गर्न तयार भएको दाबी गरेको छ । आज प्रधानमन्त्री कोइराला र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य किरणबीच भएको भेटवार्तापछि सचिव देव गुरुङले गोलमेच सम्मेलनका लागि प्रधानमन्त्री तयार भएको बताएका हुन् ।भेटवार्तामा प्रधानमन्त्रीले सहमतिबाटै संविधान जारी गर्नुपर्नेमा जोड दिँदै गोलमेच सम्मेलनका लागि तयार रहेको बताएको सचिव गुरुङले जानकारी दिए । उनले संविधान लेखन र शान्ति प्रक्रियालगायतका विषयमा सबै दलहरुबीच सहमतिको विकल्प नभएको भन्दै प्रधानमन्त्री कोइरालाले सरकारमा सहभागी सबै दल गोलमेच सम्मेलनका लागि तयार रहेको बताएको दाबी गरे ।गोलमेच सम्मेलन कहिले र कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री भारतबाट फर्किए लगत्तै छलफल हुने सचिव गुरुङले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार