आज गणतन्त्र दिवसआज गणतन्त्र दिवस

२०७१ जेष्ठ १५ गते, बिहीबार


काठमाडौं, १५जेठ । २०६५ साल जेठ १५ गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकले देशबाट राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।त्यहि दिनको सम्झना गर्दै आज गणतन्त्र दिवस मनाइदैछ । २०६२-०६३ सालको जनआन्दोलन पछि २०६४ सालमा गरिएको संविधानसभाको निर्वाचनपछि बनेको संविधानसभाले देश संघीय लाकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको औपचारिक घोषणा गरेको थियो ।
यसै अवसरमा आज विहान ८ बजे सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, विभिन्न संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, प्रहरी, जंगी तथा संस्थानका कर्मचारीलगायतको उपस्थितिमा विशेष कार्यक्रम गरिँदै छ ।
गणतन्त्रका सात वर्षमा देशले सात सात जना प्रधानमन्त्री त पायो तर एउटा लोकतान्त्रिक संविधान पाउन सकेको छैन । सत्तालिप्सामा लिप्त दलहरुका कारण २०६४ सालमा बनाइएको पहिलो संविधानसभा जनतालाई संविधाननै नदिई बिना उपलब्धि मृत्युवरण गराइयो ।
फेरि २०७० सालमा अर्को संविधानसभाको निर्वाचन त गरिएको छ तर नेताहरुको ध्यान संविधान बनाएर देशलाई विकास, निर्माण र सम्मृद्धीतिर लैजानेभन्दा सत्ताको झिनाझप्टीमै अल्झने हो कि भन्ने डर छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार