विश्व नारी नेपाली साहित्य सम्मेलन हुदै

२०७१ जेष्ठ १६ गते, शुक्रबार


काठमाडौं, १५जेठ । प्रधानमन्त्री सुशील कोइरालाले विश्व नारी नेपाली साहित्य सम्मेलनको आज उद्घाटन गरेका छन् ।उक्त अबसरमा प्रधानमन्त्री कोइरालाले डा.वानीरा गिरीलाई विश्व नारी रत्नको मानका साथै पाँच लाख रूपियाँ राशी पनि प्रदान गरेका थिए ।
प्रधानमन्त्री कोइरालाले डा. गिरीलाई रथारोहण गराएका थिए भने उपप्रधानमन्त्री वामदेव गौतमले वानीरा गिरीलाई बोकेर रथमा चढाएका थिए ।
विश्व नारी नेपाली साहित्य सम्मेलनको सफलताका लागि नेपाल सरकारले आजै दस लाख रूपियाँ प्रदान गरेको बेहोरा उपप्रधानमन्त्रीले जानकारी दिए । यसअघि पनि सरकारले दस लाख रूपिया प्रदान गरिएको थियो ।तीन दिने सम्मेलन हिजो, आज र भोलि चल्ने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार