पाच डिआइजी लोकसेवाको शरणमा
काठमाडौ, १९ जेठ । नेपाल प्रहरीको एआइजी बढुवामा सिफारिस भएका ५ जना डिआइजीहरुले आफूमाथि अन्याय भएको भन्दै लोकसेवा आयोगमा पुनरावलोकनका लागि उजुरी दिएका छन् ।प्रहरी नियमावली अनुसार एक साताभित्र पुनरावलोकनका लागि निवेदन दिने अवसर उनीहरुसँग छ । बढुवामा छुटेका २ नम्बर डिआइजी नारायण बास्ताकोटी, गणेश राई, यादब अधिकारी, परशुराम खत्री र सुशीलवरसिंह थापाले बढुवामा आर्थिक चलखेल भएकोले नियम अनुसार नभएको आरोप लगाउदै लोकसेवा गुहारेका हुन् ।
अर्का डिआईजी विश्वराजसिंह शाहीले उजुरी दिएका छैनन् । हालै संशोधित प्रहरी नियमावली २०७१ मा बढुवामा चित्त नबुझे पुरावलोकन गर्न पाइने प्रावधान छ । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षमा रहने समितिमा मुख्य सचिव र कानुन सचिव सदस्य छन् ।बढुवा समितिले गत सोमवार राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रवहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउदलाई बढुवाको लागि सिफारीस गरेको थियो । उजुरी परेको १५ दिनभित्र समितिले उजुरीको टुंगो लगाउनुपर्ने प्राबधान रहेकाले क्याबिनेटमा डिआइजी बढुवाका लागि कम्तिमा दुई साता लाग्ने भएको छ ।