एमालेको महाधिवेशन भृकुटीमण्डपमा हुने
काठमाडौ, १९ जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले महाधिवेशनको थलोसम्म पुग्दा एमालेमा विद्यमान असहमती टुंगोमा पुग्ने बताएका छन्। पार्टी केन्द्रीय कमिटीको सोमबारको बैठक पछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष खनालले भने ‘अहिले नेतृत्व चयनको विषयमा एकताबद्द हुनु आवश्यक छ, महाधिवेशन थलोसम्म पुग्ने बेलामा पार्टीमा एकता भएर सहमतीमा नेतृत्व चयन हुन्छ।’ सर्वसम्मतबाट नेतृत्व चयन हुने खनालले दाबी गरे।
बिहान ११ बजे केन्द्रीय कार्यालय बल्खुमा बोलाइएको बैठकबाट माहाधिवेशन स्थलको टुंगो पनि लागेको छ। राजधानीको भृकुटीमण्डमलाई महाधिवेशन थलोको रुपमा चयन गरिएको बैठकमा जानकारी गराइयो।
एमालेले महाधिवेसनको तयारीका विषयमा आधिकारीक धारणा सार्वजनिक गर्दै १ हजार ९ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ५ करोड खर्च हुने अनुमान गरिएको छ। यस्तै महाधिवेशनस्थलको सुरक्षाका लागि युवा दस्ता र बाहिरी सुरक्षाको जिम्मा नेपाल प्रहरीले गर्ने बताइएको छ। सिसीटिभी जडित महाधिवेशनस्थलमा वाइफाइको फ्रि व्यवस्था गर्ने भएको छ। एमाले महाधिवेसन आगामी असार १९ देखि २४ गतेसम्म हुँदैछ ।