एमाले केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं, २७ जेठ। नेकपा एमालेको केन्द्रीय समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमाथि छलफल हुने एमालेले जनाएको छ ।बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा पार्टीको विधानको प्रस्तावना, झन्डा र शपथ ग्रहणको भाषा परिमार्जन लगायतका विषयलाई समावेश गरिएको छ ।यसअघिका बैठकमा बोल्ने सदस्यहरुले विधानलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका थिए ।
१ सय २५ सदस्यीय केन्द्रीय कमिटिमा अध्यक्षपछि दोस्रो मर्यादामा बरिष्ठ नेता, तीन उपाध्यक्ष, पाँच सचिवसहितको ११ सदस्यीय पदाधिकारि निर्वाचित गर्ने प्रस्ताव अघि सारिएको छ ।एमालेको नवौं महाधिवेशन असार १९ देखि २४ गतेसम्म काठमाडौमा हुने यसअघि नै तय भईसकेको छ ।