प्रजातान्त्रिक समाजवादको भविष्य विषयक सम्मेलन हुँदै

२०७१ जेष्ठ ३१ गते, शनिबार

काठमाडौ, ३१ जेठ। बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ नामक अन्तर्राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदैछ ।
काठमाण्डौको बौद्धस्थित होटल ह्यात रिजेन्सीमा हुने प्रजातान्त्रिक समाजवादको भविष्य शीर्षकमा सम्बोधन गर्ने बिभिन्न देशबाट अतिथिहरु उपस्थित भएका छन् ।सम्मेलनमा भाग लिन म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी, सोसलिष्ट इन्टरनेसनलका महासचिव लुइस आयला, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक आनन्दकुमार, जर्मन प्राध्यापक थोमस मायर, बेल्जियमका प्राध्यापक डा. जुलियन भोउले सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा नेपालका तर्फबाट प्रा. डा. जयराज आचार्यले ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।
सम्मेलनमा करीब दुईसयजनालाई अथितिका रुपमा बोलाईएको छ भने १५ सय भन्दा बढिको सहभागीता रहने छ । नेतृ सुकिलाई अधिनन्दन गर्न प्रतिष्ठानले ५सय १ सदस्यीय मुल समिति गठन गरेको छ । सुकिलाई भोली अपरान्ह ४ बजे नागरीक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार