प्रधानमन्त्री उपचारका लागि अमेरिका जादै
काठमाडौं, २ असार । प्रधानमन्त्री सुशील कोइराला आफ्ना स्वास्थ्य उपचारको लागि आज अमेरिका जाने भएका छन् । केही समय अघि उनको फोक्सोमा कालो दाग देखिएकोमा त्यसको सही निदान र उपचारका लागि उनी अमेरिका जान लागेका हुन् ।
प्रधानमन्त्री कोइरालालाई केही बर्ष अघि जिब्रोको क्यान्सर भएकोमा त्यसको सफल उपचार पनि अमेरिकामै भएको थियो । केही समय अघि प्रधानमन्त्री कोइरालालाई ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएको थियो ।
उनको स्वास्थ्य जांच गरेका चिकित्सकहरुले फोक्सोमा कालो दाग देखिएको र त्यसको निदान र उपचारका लागि चाडै विदेशका सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन सल्लाह दिएका थिए । उनी अमेरिका जांदा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी कसलाई दिने भन्ने टुंगो नलागेको बताईएको छ ।