प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षण गरिँदै
काठमाडौ, ५ असार । उपचारका लागि ३ गते राती अमेरिका गएका प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य परिक्षण आज गरिने भएको छ ।कोइरालाको अमेरिकाको म्यानहाटस्थित मेमोरियल सोलन केटरिङ क्यान्सर सेन्टरमा उपचार हुनेछ । कोइरालाको फोक्सोमा देखिएको दागका विषयमा परिक्षण हुने उहाँको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकको टोलीले काठमाण्डु बाहिरको अस्पतालमा उपचारका लागि सिफारिस गरेको थियो ।प्रधानमन्त्री कोइरालाका साथ उहाँका निजी चिकित्सक प्राध्यापक डाक्टर करविरनाथ योगी, नातेदार मृदुला कोइराला र अतुल कोइराला, कर्णेल प्रकाश देउजा सहभागी छन् । केही वर्षअघि कोइरालाको जिब्रोको क्यान्सको उपचारमा पनि त्यसै अस्पतालमा गरिएको थियो ।