तत्काल पार्टी एकीकरण हुदैन :गौरब

२०७१ असार ९ गते, सोमबार


काठमाडौं, ९ असार । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले पाँच कम्युनिष्ट पार्टीबीच कार्यगत एकताको थालनी भएपनि आफ्नो पार्टीले राखेको ६ बुँदे माग सम्बोधन नभएसम्म पार्टी एकीकरण नहुने बताएका छन् ।रिपोटर्स क्लबले आयोजना गरेको कार्यक्रममा गौरबले राष्ट्रिय स्वाधीनता, जनजिविका र जनसंविधानका मुद्दामा पाँच कम्युनिष्ट पार्टीले कार्यगत एकता गरेको बताए । उनले एकीकृत माओवादीले ६ बुँदे माग नस्वीकार्दासम्म पार्टी एकता सम्भव नभएको स्पष्ट पारे ।
संविधानसभाबाट जनमुखी संविधान जारी गर्ने अवस्था नआए आपूmहरुले एकीकृत माओवादीलाई पनि संविधानसभा बहिस्कार गर्न आग्रह गर्ने उनको भनाइ थियो ।गौरबले पाँच पार्टीले आन्दोलन र संघर्षका कार्यक्रमहरुबारे साझा धारणाका लागि कार्यदल गठन गरेको र कार्यदलको आगामी असार १२ गते बस्ने बैठकपछि टुंगोमा पुगिने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार