पाँच कम्युनिष्ट पार्टीबीच कार्यगत एकता
काठमाडौँ ,१४ असार । तत्कालका लागि कार्यगत एकता गर्ने निष्कर्षमा पुगेका माओवादीसहित एमाओवादी धारका पाँच दलले औपचारिक रुपमा कार्यगत एकताको घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गरी नेकपा– माओवादी, एकीकृत माओवादी, मातृका यादव नेतृत्वको नेकपा (माओवादी) , परि थापा नेतृत्वको नेकपा एकीकृत र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले कार्यगत एकता घोषण गरेका हुन् ।कार्यगत एकताको सात बुँदे उद्देश्य सार्वजनिक गरिएको छ । जसमा भावी संविधानका अन्तरवस्तुमा साझा धारणा बनाउने, शान्ति प्रक्रियाका बाँकी काम, राष्ट्रियता, जनतन्त्र, जनजिविका र भ्रष्टाचारलगायत मुद्धामा संयुक्त विज्ञप्ति जारी गर्ने, देशका मुख्य सहरहरुमा संयुक्त जभसा गर्ने र पार्टी एकताका लागि आवश्यक वैचारिक बहस गर्दै जाने उल्लेख छन् ।पत्रकार सम्मेलनमा पाँचवटै दलका शीर्ष नेताले राष्ट्रिय स्वाधिनता र भारतसँग गरिएका असमान सन्धि सम्झौता खारेजीको नारा अघि सारेर आन्दोलनमा जाने बताए ।
मोर्चाको नेतृत्व एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य, नेकपा (माओवादी) का संयोजक मातृका यादव नेकपा एकीकृतका महासचिव परि थापा र क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले चक्रीय प्रणालीका आधारमा गर्नेछन् । आवश्यकताअनुसार अन्य नेतासमेत बैठकमा उपस्थित हुन नसक्नेछन् । मोर्चाको बैठक महिनाको एक पटक बस्ने बताइएको छ ।