एमाले महाधिवेशनको सचिवालय भृकुटीमण्डपमा
काठमाडौ, १५ असार । नेकपा एमालेले महाधिवेशनका लागि आजदेखि काठमाडौको भृकुटीमण्डपमा सचिवालय स्थापना गर्ने भएको छ ।अहिलेसम्म पार्टी कार्यालयबाटै सचिवालयले काम गर्दै आएकोमा महाधिवेशन नजिक आइसकेकाले सहजता र व्यवस्थापनका लागि सचिवालय स्थानान्तरण गर्न लागिएको एमालेले जनाएको छ ।
एमालेले यसपटक विदुतीय मतदान प्रणालीबाट नेतृत्व चयन गर्ने भएको छ । त्यसका लागि प्रतिनिधिको नामावली कम्प्युटर प्रणालीमा राख्ने काम भइरहेको जनाइएको छ ।त्यसैगरी विभिन्न पदमा उम्मेदवारी दिनका लागि पनि अनलाइनबाटै फाराम भर्न सक्ने व्यवस्थासमेत मिलाइएको एमालेले जनाएको छ । एमालेको महाधिवेशन यही असार १९ गते शुरु हुँदैछ ।