आज संसद दिवस
काठमाडौ, १६असार । आज ५६ औ संसद दिवस । संसद दिवसको अवसरमा पूर्व सांसद मञ्चले ७० बर्ष उमेर पुगेका पूर्व सांसदलाई सम्मान गर्ने भएको छ ।२०१५ सालमा भएको पहिलो निर्वाचनपछि २०१६ साल असार १६ गते जनविनर्वाचित संसदको पहिलो बैठक बसेको थियो । पहिलो बैठक बसेको असार १६ गतेलाई संसद दिवसको रुपमा मनाइने गरिएको छ ।
दिवसको अवसरमा दिउँसो संसद सचिवालय सिंहदरवारमा हुने कार्यक्रममा २०१६ सालदेखि अहिलेसम्मका ७० बर्ष उमेर पुगेका पूर्व सांसदलाई सम्मान गर्न लागिएको पूर्व सांसद मञ्चका अध्यक्ष तारानाथ रानाभाटले बताए । ७० बर्ष पुगेका सांसदको संख्या ४९ जना रहेको छ ।