एमाले महाधिवेशनको संघारमा
काठमाडौ, १७ असार । नेकपा एमालेको पर्सी हुने महाधिवेशन उद्घाटनको व्यवस्थापकीय काम जारी रहेको एमालेले जनाएको छ ।खाद्य उपसमिति, आवास उपसमिति, अतिथि सत्कार उपसमिति, सुरक्षा तथा स्वयम्सेवक व्यवस्थापन समिति, महाधिवेशन स्थल व्यवस्थापन उपसमिति, प्रचार उपसमिति, कार्यालयलगायत उपसमितिहरूले आफ्ना कामहरुलाई तीब्रताका साथ काम अगाडि बढाइरहेको नेकपा एमालेले जनाएको छ ।महाधिवेशनमा भाग लिन भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी), भारतीय कम्युनिष्ट पार्टी, भाकपा (माले लिवरेशन), फरवार्ड ब्लक, रसियन कम्युनिष्ट पार्टी, रिभोल्युसनरी कम्युनिष्ट पार्टी अफ बङ्ग्लादेश, कम्युनिष्ट पार्टी अफ श्रीलङ्का, पिपुल्स पार्टी अफ कम्बोडियाबाट प्रतिनिधि आउने निश्चित भईसकेको छ ।महाधिवेशनमा नेपालका राजनीतिक पार्टीहरूमध्ये संविधानसभामा प्रतिनिधित्व गर्ने सबै पार्टीसहित नेकपा–माओवादीलाई आमन्त्रण गरिएको छ ।
प्रचार उपसमितिले काठमाडौं उपत्यकाका सबै चोक, उपत्यकाभित्रका क्याम्पसहरू, आकाशे पुलमा ब्यानर तथा होर्डिङ बोर्ड राख्ने काम जारी राखेको एमालेले जनाएको छ ।