प्रधानमन्त्रीको रेडियोथेरापी दिएर उपचार गरिदै
काठमाडौ, १८ असार । प्रधानमन्त्री सुशील कोइरालालाई आजदेखि पाँचदिन लगातार रेडियोथेरापी दिएर उपचार गरिने तयारी गरिएको छ ।अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराइरहेका प्रधानमन्त्री कोइरालालाई चिकित्सकको सल्लाहबमोजिम रेडियोथेरापीबाट उपचार गर्न लागिएको हो ।
प्रधानमन्त्री कोइरालाको स्वास्थअवस्थाका बारेमा पार्टीका नेताहरुले दैनिक जानकारी लिएका छन् ।रेडियोथेरापी सकिएको दुईचारदिनको आरामपछि प्रधानमन्त्री कोइराला स्वदेश फिर्ता हुने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्री कोइरालाको डाईग्नोसिस भईसकेकाले आजदेखि रेडियोथेरापी गरिने निजि चिकित्सका कविरनाथ योगीले जानकारी दिए । योगीका अनुसार प्रधानमन्त्री कोइरालालाई अहिले हल्का ज्वरो र सामान्य खोकीले सताईरहेको छ ।प्रधानमन्त्री कोइरालाको उपचार डा. मनजित सिँहको विशेष निगरानीमा भएको छ ।