एमाले महाधिवेशन आजदेखि

२०७१ असार १९ गते, बिहीबार

काठमाडौ, १९ असार । नेकपा एमालेको नवौं महाधिवेशन आजदेखि राजधानी काठमाडौमा शुरु हुँदैछ ।‘शान्तिपूर्ण जनक्रान्तिको उपलब्धिहरुलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं’ भन्ने मूल नाराका साथ काठमाडौको भृकुटीमण्डपमा आज दिउँसो १ बजे ग्राफिक एनिमेसन, थ्रिडी एनिमेशन र मेकानिकल एनिमेसनको प्रयोग गरेर रोबोटबाट महाधिवेशन उद्घाटन गर्ने जानकारी यसअघि नै दिइएको छ ।
महाधिवेशनको उद्घाटन समारोहलाई राष्ट्रिय सभागृहबाट समेत हेर्न सकिने व्यवस्था मिलाइएको छ । महाधिवेशनमा करिब दुईहजार तीन सय २५ सय प्रतिनिधि सहभागी हुने छन् । महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिका साथै विभिन्न देशबाट पनि अतिथिहरु पनि आउने एमालेले जनाएको छ ।
महाधिवेशनको केही बाँकी रहेको सानातिना तयारी गएरातीसमेत गरेर अब पुरा भइसकेको महाधिवेशन मुल व्यवस्थापन समितिको संयोजक तथा महासचिव ईश्वर पोखरेलले बताउनुभयो । महाधिवेशनमा प्रविधिहरुको भरपुर प्रयोग गर्ने गरी तयारी गरेको एमालेले प्रतिनिधिलगायत सबैलाई बार कोर्ड भएको डिजिटल कार्ड प्रयोग गर्ने र नेतृत्व चयनका लागि ११ घण्टाभित्र मतदान सकेर एक घण्टाभित्रै परिणाम आउने पनि जनाएको छ ।
बालबच्चा राख्न डे केयर सेन्टर राखिने भएको छ भने स्वास्थ्य परीक्षणको व्यवस्था पनि गरिने भएको छ । महाधिवेशनका लागि आन्तरिकरुपमा २ सय स्वयंसेवक पार्टीले खटाएको जनाएको छ भने सुरक्षा निकायले महाधिवेशन स्थलको बाहिरबाट निगरानी गर्ने मूल व्यवस्थापन समितिले जनाएको छ ।
महाधिवेशनको प्रत्यक्ष गतिविध वेभसाइटमार्फत दिइने पनि जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार