मेरो चिन्ता गर्नुपर्दैन: प्रधानमन्त्री कोइराला

२०७१ असार १९ गते, बिहीबार


काठमाडौं। अमेरिकाको न्युयोर्कस्थित स्लोन मेमोरियल केटरिङ सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो चिन्ता नलिन अनुरोध गरेका छन । प्रधानमन्त्री कोइरालाको फोक्सोमा क्यान्सर देखिएपछि सुरु भएको रेडिएसन थेरापी विहीबार दोस्रो दिन पनि जारी रहेको छ । प्रधानमन्त्रीले आफ्नो बारेमा चिन्ता नगर्न भन्दै उपचार पछि चाँडै स्वदेश र्फकने जनाएका छन् । उनको थेरापी आइतबार सकिँदैछ ।
प्रधानमन्त्री कोइरालाको क्रोनिक ब्रोङकाइटिसका कारण फोक्सोको ठूलो सर्जरी गर्न नसकिने भएकाले चिकित्सकहरुले रेडियोथेरापीको विधि सुझाएका हुन् । रेडियोथेरापीका सबै टेस्ट पूरा भइसकेपछि बुधवारदेखि थेरापी शुरु भएको र यो अझै ४ दिन जारी रहने बताइएको छ । कोइरालाले आफ्ना समर्थक शुभेच्छुक र आम जनतालाई आफ्नो बारेमा चिन्ता नगर्न आग्रह गर्दै आफू स्वस्थ भएर फर्किने बताएका छन् ।
कोइरालाको थेरापीमा डाक्टर आन्देस रिमरको टोली संलग्न छ । रेडियोथेरापी आगामी आइतबार सकिने छ । त्यसपछि केही दिन आराम गरेर कोइराला नेपाल फर्किने बताइएको छ ।
कोइराला उपचारका लागि न्युयोर्कमा रहेका बेला नेपालीहरुका दर्जनौं संस्था र व्यक्तिले भेटघाट गर्ने र ज्ञापनपत्र बुझाउने क्रम बढेपछि चिकित्सकले असन्तुष्टि पोखेका थिए । अहिले कोइरालाको भेटघाट बन्द गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार