नेपाल­-भारत सुरक्षा बैठक सुरुहुदै

२०७१ असार २२ गते, आईतवार


काठमाडौँ, २२ असार । सुरक्षासम्बन्धी नेपाल­-भारत द्विपक्षीय परामर्श समूहको बैठक काठमाडौँमा सुरु हुँदैछ । बैठकमा विगतमा भएका निर्णयको प्रगति समीक्षाका साथै भविष्यमा हुने आपसी सहयोगबारे विचारविमर्श हुनेछ । परामर्श समूहको बैठक बर्सेनि नेपाल र भारतमा आलोपालो गरी हुँदै आएको छ ।
दुई दिनसम्म चल्ने बैठकमा भाग लिन १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर शुक्रवार नै काठमाडौ आएका छन् । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले गर्नेछन् । बैठकमा दुवै मुलुकका परराष्ट्र, कानुन, रक्षा मन्त्रालयका साथै सुरक्षा निकायका उच्च अधिकारीले भाग लिनेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार