एमालेको मतगणना सुरु हुदै
काठमाडौँ ,२९ असार । नेकपा एमालेको नवौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले केहिबेरमा हुदैछ । हिजो देखि सुरु गर्ने भनिएको मतगणना तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो । दशरथ रंगशालामा हुने मतगणनामा पहिले पदाधिकारीको मतगणना हुने निर्बाचन आयोगले जनाएको छ ।यस अघि पदाधिकारीको मतगणना सकिएपछि मात्रै केन्द्रीय सदस्य र केन्द्रीय आयोगको मतगणना सुरु गरिने बताईएपनि आज सबैको एकै साथ गणना गरिने बताएको छ । नयाँ नेतृत्वका लागि शुक्रबार साझ साढे ५ बजे सुरु भएको मतगणना हिजो बिहान ३ बजे सम्पन्न भएको थियो । एमाले आगामी कार्यकालको लागि नेता माधब कुमार नेपाल र केपी शर्मा ओली प्यानल सहित मैदानमा उत्रिएका छन् ।