प्रधानमन्त्री कोइराला स्वदेश फर्कने तयारीमा
काठमाडौ, ३१ असार । फोक्सोमा सेतो दाग देखिएपछि उपचारका लागि अमेरिका जानुभएका प्रधानमन्त्री सुशील कोइरालाले एकसाताभित्र स्वदेश फिर्ता हुने तयारीमा लागेको बताइएको छ ।फोक्सोमा देखिएको दाग हटेको र प्रधानमन्त्री क्यान्सरमुक्त भएको उनको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री फिर्ता हुने मिति एक÷दुई दिनमा नै तय हुने भएको छ । प्रधानमन्त्री कोइरालाको फोक्सोमा सेतो दाग देखिएपछि असार २ गते उपचारका लागि अमेरिका गएका हुन् । प्रधानमन्त्री कोइरालालाई फलोअपका लागि तीनमहिलापछि अस्पतालले बोलाएको छ ।