सबै दलको सहमतिमा नयाँ संविधान जारी गर्नुपर्छ
काठमाडौं, ३१ असार ।नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले संविधानसभाबाट नभइ सबै दलको सहमतिमा नयाँ संविधान जारी गर्न संघर्ष गर्नुपर्ने बताए ।पाँच पार्टीको कार्यगत एकता समितिले राजधानीमा मंगलबार गरेको कार्यक्रममा किरण ले उक्त कुरा बताएका हुन् ।
सोहि कार्यक्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतिको आधारमा नयाँ संविधान बनाउने प्रयत्न नगरे मुलुकमा रक्तपात हुने चेतावनी दिएका छन् । अध्यक्ष दाहालले कांग्रेस र एमालेले दुई तिहाइ बहुमतको आधारमा संविधान जारी गर्ने प्रयास गरे देशमा फेरि द्धन्द्ध बढ्ने बताए ।
अध्यक्ष दाहालले विगतमा पार्टी फुटको क्रममा गल्ती भएको स्वीकार गर्दै अहिले त्यसैको परिणाम ‘भाइ फुटे गवार लुटे’को अवस्था आएको बताए । सबैको भावनालाई समेट्ने संविधान जारी गराउन पाँच दलबीच कार्यगत एकता भएको पनि दाहालले बताए ।