एमालेको महाधिवेशन समापन हुदै (महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय कमिटीको विवरणसहित )

२०७१ श्रावण १ गते, बिहीबार


काठमाडौँ , १ साउन। गत असार १९ गतेबाट सुरु भएको नेकपा एमालेको नवौँ महाधिवेशनको आज औपचारिक समापन गरिँदैछ । महाधिवेशनको समापन कार्यक्रम एमाले केन्द्रीय कार्यालय, बल्खुमा तय गरिएको निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले जानकारी दिए ।
केन्द्रीय सदस्यको मतगणना बुधवार राति सकिएपनि प्राविधिक कारणले मतपरिणाम औपचारिकरूपमा घोषणा हुन नसकिएकाले बिहीवार समापन गर्न लागिएको प्यासीले बताए । यस्तै बिहीवार नै विजयी उम्मेदवारलाई प्रमाणपत्र हस्तान्तरण गरिने छ ।
केही उम्मेदवारको मत बराबर आएको तथा केहीको कूल मत जोड्दा प्राविधिक त्रुटी भएका कारण औपचारिक घोषणामा ढिलाइ भएको हो । कूल ११५ पूर्ण केन्द्रीय सदस्यमा ओली पक्षका ६७ जना र नेपाल पक्षका ४४ जना विजयी भएका छन् ।
गएको असार १९ गतेदेखि सुरु भएको एमालेको नवौं महाधिवेशन एकहप्तामा सकिने भनिएपनि दुई हप्तासम्म लम्बिएको थियो ।नयाँ नेतृत्व चयनका लागि नेता केपी शर्मा ओली र माधवकुमार नेपालको प्यानल र केही स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । मत परिणाम अनुसार पदाधिकारीमा दुवै प्यानलको लगभग बराबर प्रतिनिधित्व भएपनि केन्द्रीय समितिमा ओली प्यानलको बहुमत देखिएको छ ।
एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय कमिटीको विवरण यस्तो छ:-
पदाधिकारी
अध्यक्ष: केपी शर्मा ओली
उपाध्यक्ष: वामदेव गौतम
उपाध्यक्ष: विद्या भण्डारी
उपाध्यक्ष: भीमबहादुर रावल
उपाध्यक्ष: अष्टलक्ष्मी शाक्य
उपाध्यक्ष: युवराज ज्ञवाली
महासचिव: ईश्वर पोखरेल
उपमहासचिव: विष्णुप्रसाद पौडेल
उपमहासचिव: घनश्याम भुषाल
सचिव: प्रदीप ज्ञवाली
सचिव: गोकर्ण विष्ट
सचिव: पृथ्वी सुब्बा गुरुङ
सचिव: योगेश भट्टराई
सचिव: भीम आचार्य
खुला पूर्ण सदस्य

नेपाल प्यानल
माधवकुमार नेपाल ११११
सुरेन्द्र पाण्डे १०९४
राजेन्द्र पाण्डे १०८५
लालबाबु पण्डित १०७०
प्रकाश ज्वाला १०५८
टंक कार्की १०५५
ठाकुर गैरे १०९५४
विजय पौडेल १०४९
अरुण नेपाल १०४७
पर्शुराम मेघी गुरुङ १०३९
वेदुराम भुसाल १०३४
रघुजी पन्त १०२७
गंगाधर तुलाधर १०१६
तुलबहादुर गुरुङ १००३
नागेन्द्र चौधरी ९९२
सोमप्रसाद पाण्डे ९८७
युवराज कार्की ९९१
राजेन्द्र राई १०३७
ओली प्यानल
रवीन्द्र अधिकारी १०७८
शंकर पोखरेल १०२६
छविलाल विश्वकर्मा १०१८
प्रदीप नेपाल १०२५
रामनाथ ढकाल १०१३
सूर्य थापा १०१३
अग्नि खरेल १०१३
किरण गुरुङ १०१४
काशीनाथ अधिकारी १००९
बिन्दा पाण्डे १००६
महेन्द्र पाण्डे १००६
भानुभक्त ढकाल १००१
मुकुन्द न्यौपाने ९९५
दामोदर भण्डारी ९९८
विष्णु रिमाल ९९६
राजन भट्टराई ९८९
गोपाल शाक्य ९८५
खुला वैकल्पिक

नेपाल प्यानल
शेरबहादुर केसी
राजबहादुर बूढा
सोभियत ढकाल
प्रकाश शाह
राजन राई
ओली प्यानल
किशोर अधिकारी
माधव ढुंगेल
अञ्चल पूर्ण सदस्य

नेपाल प्यानल
जीवन घिमिरे –कोशी
जगन्नथाथ खतिवडा – सगरमाथा
लक्ष्मण पौडेल – जनकपुर
विरोध खतिवडा – नारायणी
पशुपति चौलागाईं– वाग्मती
जीवनराम श्रेष्ठ– उपत्यका
ओली प्यानल
हिक्मत कार्की – मेची
लिला गिरी – लुम्बिनी
मायानाथ अधिकारी – गण्डकी
गणेश तिमिल्सिना – धौलागिरी
खेममान खड्का – राप्ती
यामलाल कँडेल – भेरी
गोरख बोगटी – कर्णाली
महेश्वर पाठक– सेती
गणेश ठगुन्ना – महाकाली
अञ्चल वैकल्पिक
नेपाल प्यानल
रविन कोइराला – मेची
धर्मराज निरौला – कोशी
गणेश पहाडी– जनकपुर
माधव अर्याल – वाग्मती
सोम मिश्र– उपत्यका
कृष्ण खनाल – नारायणी
ओली प्यानल
विशाल भट्टराई – सगरमाथा
रामशरण बस्नेत – गण्डकी
तिलक महत – लुम्बिनी
भूपेन्द्र थापा – धौलागिरी
गुलाबजंग शाह – राप्ती
लक्ष्मी पोखरेल – भेरी
भैरव बहादुर सिंह – सेती
विक्रम शाही – महाकाली
ट्रेड युनियन पूर्ण सदस्य
सबै नेपाल प्यानल
चूडामणि जंगली
विश्वनाथ प्याकुरेल
महिला खुला सदस्य
नेपाल प्यानल
श्रीमाया थकाली १०८६
गौरा प्रसाई १०६८
जयन्ती राई १०८५
गरिमा शाह १०६९
ममता गिरी १०३०
सुशीला नेपाल १०४२
रामकुमारी झाँक्री ११४८
सीता गिरी ओली १०६४
ओली प्यानल
थममाया थापा,
राधा ज्ञवाली ११०६
गोमा देवकोटा १०८२
सीता पौडेल १०४२
सुजिता शाक्य १०६८
सावित्रा भुसाल १०५१
महिन लिम्बु १०४१
पदमा अर्याल ११०१
शिवमाया तुम्बाहाम्फे १०५१
महिला वैकल्पिक
नेपाल प्यानल
रचना खड्का
निरा जैरु
ओली प्यानल
निरु पाल
मोना केसी
सीता सुन्दास
जनजाति खुल्ला सदस्य
नेपाल प्यानल
वैद्यनाथ चौधरी थारु
यज्ञराज सुनुवार
ओली प्यानल
सानु श्रेष्ठ
गोकुल घर्तीमगर
शेरधन राई
ज्ञानबहादुर भुजेल
खगेन्द्र राई
लीलानाथ श्रेष्ठ
पार्वत गुरुङ
डम्बरसिंह सम्बाहाम्फे
दलबहादुर राना
जनजाति वैकल्पिक
नेपाल प्यानल
प्रेम आले
प्रतापलाल श्रेष्ठ
टेकबहादुर वाइवा
कमलजंग राई
सुरेन्द्र मानन्धर
ओली प्यानल
विना श्रेष्ठ
मधेसी खुल्ला सदस्य
नेपाल प्यानल
शत्रुघन महतो
रत्नेश्वर गोहित
ओली प्यानल
रामप्रीत पासवान
श्रीप्रसाद साह
कमलादेवी महतो
बलवीरप्रसाद चौधरी
मधेशी वैकल्पिक
नेपाल प्यानल
रामरति राम
मेटमणि चौधरी

ओली प्यानल
दिनेशचन्द्र यादव
भगवती चौधरी
दलित खुल्ला सदस्य
बमबहादुर विश्वकर्मा
जगत विश्वकर्मा
भागवत विश्वासी
ईश्वरी रिजाल
इकराज विक
दलित वैकल्पिक
सबै ओली प्यानल
गोविन्द नेपाली
पुरनसिंह दयाल
तिल विश्वकर्मा
मुस्लिम सदस्य
सबै ओली प्यानल
नजिर मिया
सिराज अहमद फारुकी
तैयव हुसेन (वैकल्पिक)
पिछडिएको क्षेत्र
सबै ओली प्यानल
लालबहादुर थापा
भैरवसुन्दर श्रेष्ठ
मोहन वानिया (वैकल्पिक)
सम्पर्क बिभाग
नेपाल प्यानल
जीवन गुरुङ
लेखा आयोगको अध्यक्ष: डा. पुष्प कँडेल (ओली प्यानल)
अनुशासन आयोगको अध्यक्ष: अमृतकुमार बोहरा (नेपाल प्यानल)

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार