एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

२०७१ श्रावण २ गते, शुक्रबार


काठमाडौ, २ साउन ।नेकपा एमालेको नवौं महाधिवेशन निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ ।पहिलो बैठक भएकाले कुनै खास एजेण्डा नभएको नवनिर्वाचित सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । पहिलो बैठक भएकाले औपचारिकरुपमा नयाँ पदाधिकारी तथा केन्द्रीय सदस्यहरुबीच परिचयात्मक कार्यक्रमका लागि बैठक बोलाइएको पनि ज्ञवालीले जानकारी दिए ।
बैठक दिउँसो १ बजे पार्टी कार्यालय बल्खुमा बस्ने तय भएको छ । दुई हप्ता लगाएर महाधिवेशन गरेको एमालेले हिजो मात्रै महाधिवेशनको औपचारिक समापन कार्यक्रम गरेको थियो । महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार